चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

48
Shares

नवलपरासी, १४ माघ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।

अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक छ्रैनन् । दक्ष चिकित्सक नहुँदा साधारण प्रसूति सेवाबाहेक शल्यक्रियाबाट प्रसूति सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिए ।

पटक पटक मन्त्रालय, विभाग र परिवार स्वाथ्य महाशाखालगायत सबै निकायमा पत्राचार गरिए पनि दक्ष चिकित्सक पठाइएको छ्रैन । अस्पतालमा मासिक रुपमा करिब १६० जनाले प्रसूति सेवा लिने गरेको तथ्यांक छ । अहिले अस्पतालबाट सामान्य प्रसूति सेवाबाहेक अन्य शल्यक्रियाबाट दिइने प्रसूति सेवा पूर्ण रुपमा बन्द भएको जनाइएको छ ।

एक सय आठ वर्षअघि स्थापित अस्पताल १५ शय्या हुँदै २५ र २५ शय्या हँुदै अहिले ५० शय्यामा स्तरोन्नति गरिएको एक वर्ष बितिसक्दा पनि विशेषज्ञ सेवा सञ्चालन हुन सकेको छैन । विशेषज्ञ चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल नौ जना मात्र चिकित्सक छन् । एकाउन्न स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा ३० मात्र कर्मचारी छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *