क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र
कञ्चनपुर, १४ माघ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ ।
अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहादुर कुँवरले भने, “मेशिन आएपछि दुई घण्टामै क्षय रोग भए÷नभएको पत्ता लगाई बिरामीको उपचार तत्काल शुरु गर्न सकिन्छ ।” अस्पतालले यन्त्रबाट क्षयरोग परीक्षण निःशुल्क रुपमा गर्ने जनाइएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



