कुपोषित बालबालिकालाई पोषणयुक्त लिटो

भद्रपुर, १२ माघ । तीनवटा नगरपालिकाबाहेक झापाका सबै स्थानीय निकाय पूर्ण खोपयुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा गाउँपालिका सबै पूर्णखोप घोषणा भइसकेको र नगरपालिकामा विर्तामोड, दमक र मेचीनगर नगरपालिका मात्र घोषणा हुन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले बताए ।

झापाको बाढी प्रभावित क्षेत्रमा पाँच वर्षमुनिका बालबालिकालाई पोषणयुक्त तयारी लिटो खुवाउने कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ । अतिशीघ्र कुपोषित र कुपोषित दुई किसिमको कुपोषित बालबालिकालाई वर्गीकरण गरी पोषणयुक्त खानेकुरा बालबालिका पूर्णरुपमा स्वस्थ्य नहुन्जेलसम्म कार्यक्रम सञ्चालन रहने प्रमुख कोइरालाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *