बुङमा फैलिएको भाइरल नियन्त्रणमा

 

सोलुखुम्बु, ७ माघ । महाकुलुङ गाउँपालिका बुङ–२मा फैलिएको भाइरल नियन्त्रणमा आएको छ । 

नब्बे प्रतिशत भाइरल नियन्त्रणमा आएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मारछिरिङ शेर्पाले बताए । उनले एक हप्ताभित्र प्रयोगशाला जाँचको प्रतिवेदन आउने र भाइरसका विषयमा पत्ता लाग्ने बताए। नमूना परीक्षणका लागि शनिबार काठमाडौँ पठाइएको छ ।

बालबालिका र अभिभावक गरी करिब ५५० जना भाइरलबाट प्रभावित भएकामा एक हप्ताभित्र ५०४ जनाको उपचार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सण्डु शेर्पाले बताए । एक सातादेखि उपचारमा सक्रिय स्वास्थ्यकर्मीले अहिले बिरामीको अवस्था सुधार हुँदै गएकाले कुनै पनि त्रासको अवस्था नरहेको जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुबाट प्रभावित क्षेत्रमा पुगेको ¥यापिड रेसपोन्स टोलीका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले थप संक्रमण हुन नदिनका लागि स्वास्थ्य शिक्षामा जोड दिइएको बताए ।

उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएर एकसाथ बिरामी परेकाले आवश्यक स्वास्थ्य व्यवहार तथास्याहारका लागि खटिएका व्यक्तिले अपनाउनुपर्ने सावधानीका उपायबारेमा जानकारी गराउन विभिन्न पर्चा गाउँभरि वितरण गरिएको सहायक केसीले बताए । राई जातिको बाहुल्य रहेको उक्त स्थानमा स्वास्थ्य सन्देश राई भाषामा अनुवाद गरेर समेत बुझाउने काम भएको छ ।

मंगलबारदेखि शनिबारसम्मका लागि बन्द पेल्माङ आधारभूत विद्यालय सञ्चालन गर्ने÷नगर्ने भन्नेबारे आज व्यवस्थापन समितिको बैठक बस्दैछ । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर विद्यालय सञ्चालनबारे निर्णय गरिने विद्यालयका प्रअ टंकबहादुर दाहालले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *