सरकारी प्रतिनिधि र नर्सिङ प्रतिनिधिबीचको बार्ता सहमति नजिक

148
Shares

काठमाडौँ, ४ माघ । स्वास्थ्य मन्त्रालयमा जारी सरकारी प्रतिनिधि र नर्सिङ प्रतिनिधिबीचको बार्ता सहमति जनिक पुगेको छ ।

बार्तामा सहभागी एक सदस्यका अनुसार यतिवेला नर्सहरुले उठाएका मागका विषयमा बुँदागत रुपमा छलफल तथा सहमति हुँदै गएको छ ।

ती सदस्यका अनुसार मानवअंग प्रत्यारोपण केन्द्रबाट निस्कासन गरिएका नर्सहरुलाई पुनर्वहाली गर्ने विषयमा लगभग सहमति भएको छ ।अरु तत्काल सहमति गर्न सक्ने विषयलाई सम्वोधन गर्ने थप गृह कार्य गर्नुपर्ने विषयहरुलाई थप छलफल गर्ने गरी सहमति हुन लागेको उनले बताए । 

बार्तामा स्वास्थ्य मन्त्रालयका तर्फबाट प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठ, उपमहानिर्देशक चुडामणी भण्डारी, स्वास्थ्य बीमा बोर्डका निर्देशक डा गुणराज लोहनी, काठमाडौँ जनस्वास्थ्यका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव रामकृष्ण लामिछाने छन् । यस्तै नर्सिङ संघबाट उपाध्यक्ष गंगा थापा, महासचिव लक्ष्मी केसी सहितका टोली छन् ।

यता आफ्ना माग पुरा नगरेको भन्दै नर्सहरुले आन्दोलन जारी राखेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *