एघार सूत्रिय माग अघि सार्दै नर्सहरुले गरे प्रदर्शन

काठमाडौँ, ३ माघ । आफ्ना एघार सूत्रीय माग अघि सार्दै नेपाल नर्सिङ संघले आज प्रदर्शन गरेको छ । मध्यान्न १२ बजे माइतीघरमा जम्मा भएर नर्सहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी नर्सहरु शान्तिपूर्ण जुलुस लिएर बानेश्वर सम्म पुगेका थिए । त्यहाँ उनीहरुले कोण सभा गरेका छन् । प्रदर्शनका क्रममा सहभागी नर्सहरुले मुखमा कालो पट्टी बाँधेका थिए ।

मर्यादाविपरित कार्य गरेको भन्दै भक्तपुरस्थित मानवअंग प्रत्यरोपण केन्द्रले करार सेवाका दुई जना नर्सलाई निकाले पछि नर्सहरुको समूहले आन्दोलन सुरु गरेको हो । पछिल्लो पटक सोही मागमा अरु १० वटा माग थपेर नेपाल नर्सिङ संघ आन्दोलनको नेतृत्व लिएको छ ।

संघले आफ्ना माग पुरा गराउन दवाव दिन भन्दै अहिले दैनिक रुपमा ३ घण्टा सेवा अवरुद्ध गराउँदे आएको छ । र समयमै माग पुरा नभए सो क्रम बढाउँदै लैजाने चेतावनी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले भने नर्सहरुको मागका सम्वन्धमा बार्ता गरी टुंगोमा पुरयाउन डा विनोदमान श्रेष्ठको संयोजकत्वमा बार्ता टोली गठन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *