संघीय संरचना आयुवर्दे र वैकल्पिक चिकित्सा समेट्नु पर्ने भन्दै ज्ञापनपत्र

काठमाडौँ, ३० पुस । सङ्घीय संरचनामा स्वास्थ्य मन्त्रालयले तयार पारेको खाकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई समेट्न नसकेको भन्दै सरकारी आयुर्वेद चिकित्सक संघ नेपालले ज्ञापनपत्र बुझाएको छ ।

संघले आज स्वास्थ्य सचिव डा पुष्पा चौधरी र उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई संयुक्तरुपमा ज्ञापनपत्र र संशोधित संरचनाको खाका बुझाएको हो ।

संघका अध्यक्ष डा शकर गौतमले संघले बुझाएको संरचनामा राष्ट्रिय औषधिजन्य वनस्पति बोर्ड, प्रदेशमा विभाग, महाशाखालगायतका कुरा थप गरिएको खाका बुझाएको जानकारी दिए।

ज्ञापनपत्र बुझेपछि समितिका अध्यक्ष काशीराज दाहालले वनस्पति बोर्डका बारेमा सम्बन्धित सबैसँग छलफल गरी त्यसको खाका तयार पार्ने बताए । संघले संविधानमा उल्लेख भएका कुरा पुरा गर्न नयाँ संरचनामा संशोधन गर्न समेत माग गरेको छ ।

मन्त्रालयले तयार पारेको प्रस्तावित संचरनाको खाकामा आयुर्वेदका स्वायत्त निकायहरू राष्ट्रिय आयुर्वेद अनुसन्धान परिषद्, राष्ट्रिय आयुर्वेद प्रतिष्ठान र आयुर्वेद चिकित्सा परिषद् सहितआयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको पनि केन्द्रदेखि गाउँपालिकासम्म रहने विभाग, महाशाखा, शाखालगायतका कार्यालयको प्रस्ताव गरिएको छ । जसअनुसार केन्द्र अर्थात संघमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विभाग, चार स्वायत्त निकायसहित रेफरल अस्पताल रहने उल्लेख गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *