स्वास्थ्य मन्त्री दीपक बोहरासहित १८ जनाको टोली जाजरकोट जाँदै

काठमाडौँ, २९ पुस । स्वास्थ्य मन्त्री दीपक बोहोरा भाइरलप्रभावित जाजरकोट जिल्लाको स्थलगत अनुगमनमा निस्केका छन् । नेपाली सेनाको हेलिकप्टरबाट १८ सदस्यीय टोलीको नेतृत्व गर्दै अहिले विहान त्यसतर्फ लागेका छन् ।

मन्त्री बोहोराका प्रेस सल्लाहकार युवराज घिमिरेका अनुसार टोलीमा स्वास्थ्य सचिव डा पुष्पा चौधरी, चिकित्सासेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ लगायत केही चिकित्सकहरु रहेका छन् । यस्तै पूर्व गृहमन्त्री एवं त्यसक्षेत्रका सांसद शक्तिबहादुर बस्नेत, गृहमन्त्रालयका प्रतिनिधी र सञ्चारकर्मी रहेका छन् ।

रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकोट सहित कर्णालीका विभिन्न जिल्लामा १३ जना बढीको मृत्यु भएको छ । सयौँ विरामी परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *