त्रिवि आइओएम डीनमा पुन: प्राडा जगदीशप्रसाद अग्रवाल

प्राडा जगदीश अग्रवाल

काठमाडौँ, २८ पुस । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आइओएम)को डीनमा पुन प्राडा जगदीश प्रसाद अग्रवाल आएका छन् ।

सर्बोच्च अदालतबाट पुनर्वहाली भएका डीन प्राडा शशि शर्माको चार दिन कार्यकाल समाप्त भएको भोलीपल्ट आज देखि प्राडा अग्रवालले डीनको जिम्मेबारी सम्हालेका हुन् ।

‘हो म आजबाट डीनको रुपमा पूर्ववतरुपमा हाजिर भएको छु । अहिले एमबीबीएसको काउन्सिलिगमा बसिरहेको छु,’ प्राडा अग्रवालले भने ।

उनले सर्बोच्च अदालतले आफ्नो नियुक्तिलाई बैधानिकता दिइसकेको र त्रिविबाट अर्को सूचना नआएकोले आफू पूर्ववत रुपमा डीनको जिम्मेबारी सम्हालेको प्राडा अग्रवालले जानकारी दिए ।

कतिपयले भने प्राडा शर्माको अवधी समाप्त भएपछि नयाँ डीन प्रक्रिया फेरी शुरुबाट हुने वा कामचलाउ डीनको जिम्मेबारी कसैलाई दिनुपर्ने बताएका थिए । तर प्राडा अग्रवालले भने काम चलाउ जिम्मेबारी पनि नआएको र पुर्न प्रक्रिया आफूलाई थाह नभएको बताए । उनले भने, ‘मलाई अदालतले स्पष्टसंग बैधानिक डीन भनेको छ । त्यसैलाई टेकेर हाजिर भएको हुँ ।,’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *