मिर्गौला रोगीको डायलाइसिस सेवा सञ्चालन

हेटौँडा, २४ पुस । हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित चुरेहिल अस्पतालमा दुवै मिर्गौला काम नगर्ने बिरामीका लागि आज बिहानदेखि डायलाइसिस सेवा शुरु गरिएको छ ।

आरोग्य फाउण्डेसन प्रतिष्ठान ललितपुर र रोटरी क्लब मकवानपुरको सहकार्यमा चुरेहिल अस्पताल हेटौँडामा तीन वटा डायलाइसिस मेसिन स्थापना गरी सो सेवा सञ्चालनमा ल्याइएको हो ।

पाँच जना मिर्गौला बिरामीलाई आज डायलाइसिस सुविधा उपलब्ध गराईएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले जनाकारी दिए ।

डायलाइसिस सेवा हेटौँडामा पहिलेपटक सञ्चालनमा ल्याइएको हो । काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा गरी कुल १५५ जना मिर्गौला रोगीका बिरामीले नियमित डायलाइसिस सेवा लिँदै आएको जिल्ला जनस्वास्थ कार्यालय मकवनपुरका प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलले बताए ।

चितवन, काठमाडौँ र भक्तपुरका गरी २५ जना मिर्गौला रोगीका बिरामीले डायलाइसिस सेवाका लागि चुरेहिल अस्पतालमा नाम दार्ता गराएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख अधिकारीले बताए ।

चुरेहिल अस्पतालले मिर्गौला रोगी बिरामीको चापलाई केन्द्रित गरी आगामी तीन महिनाभित्र सात वटा नयाँ डायलाइसिस मेसिन जडान गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *