गौचरण बन्यो जिल्ला अस्पताल

96
Shares


गौशाला, २१ पुस । सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरणमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ ।

जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै देखिन्छ भने शौचालयमा दिसापिसाब माथिसम्म भरेर वरिपरि फैलिएकाले अस्पताल परिसर दुर्गन्धित भएको छ ।

अस्पताल परिसर तथा अस्पतालका शौचालय र अन्य उपचार गर्ने स्थानमासमेत रहेका फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने सेवाग्राहीको गुनासो छ ।

सम्बन्धित सरोकारवालाले उचित ध्यान नपु¥याउँदा करोडाँैको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा बिरामीले स्तरीय उपचार पाउनाको साटो थप बिरामी हुनु परेको छ । सो अस्पतालको यस्तो दुर्दशाबारे अस्पताल प्रशासनसँग सोधपुछ गर्दा एकले अर्कामाथि दोषारोपण मात्र गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *