प्रसूति सेवा लिनेको संख्यामा वृद्धि

40
Shares

दाङ, २१ पुस । यहाँको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन् । तीमध्ये ६२९ महिलाले साधारण प्रसूति सेवा र ३५२ महिलाले जटिल तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिएको अस्पतालका मेडिकल रेकर्डर दुर्गा रेग्मीले जानकारी दिए ।

यसैगरी आव २०७३÷७४ मा यस अस्पतालबाट एक हजार ६६७ जना महिलाले प्रसूति सेवा लिएका छने । मेडिकल रेकर्डर रेग्मीका अनुसार अस्पतालमा सुत्केरी गराउने महिलालाई यातयात शुल्कबापत रु ५०० र सुत्केरी प्रोत्साहन भत्ताबापत रु ४०० प्रदान गर्दै आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *