मिर्गौला रोगपीडित पत्रकारलाई सहयोग

24
Shares

भद्रपुर, २१ पुस । झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।

पकुवाललाई मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले दिएको सल्लाहअनुसार यतिबेला सोही प्रक्रियामा जुटिरहेको र यसका लागि उन लाई आर्थिक समस्या रहेको परिवारजनले जानकारी दिएको छ । मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्या भएपछि पत्रकार महासंघ झापा शाखा र यहाँ क्रियाशील पत्रकार पकुवालको उपचारमा सहयोग संकलनमा जुटेका छन् ।

सोही सन्दर्भमा कन्काई विकास बैंकले पत्रकार पकुवालको उपचारका लागि रु १५ हजार सहयोग गरेको शाखाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *