स्वास्थ्य मन्त्रालयद्वारा बैतडी अस्पतालको अनुगमन

68
Shares


बैतडी, १८ पुस । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ ।अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जिल्ला अस्पतालमा न्यूनतम मापदण्डअनुसार सेवा प्राप्त भइरहेको भएपनि केही समन्वयात्मक समस्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा अविरल बाराकोटीले बताए ।

जिल्ला अस्पातलको ५० श्ययाको अस्पताल निर्माण कार्य जारी रहेकाले पनि स्वास्थ्य सेवामा केही असर परेको र स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने अनुगमनका लागि बैतडी पुगेका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।

जिल्ला अस्पताल बैतडीले गुणस्तरीय रुपमा स्वास्थ्य सेवा प्रदान गरे नगरेको बारेमा टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा सम्बन्धित सबैको ध्यानाकर्षण गराएको टोलीले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *