राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको ४ नं प्रदेश स्तरीय भेला सम्पन्न

156
Shares

पोखरा, १८ पुस । राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपाल प्रदेश नं ४ को प्रदेशस्तरीय भेला सोमबार पोखरामा सम्पन्न भएको छ । प्रदेश संयोजक तथा राष्ट्रिय जनस्वास्थ्यकर्मी संघका केन्द्रीय समितिका सदस्य चन्द्र सुनारको अध्यक्षतामा भएको भेलाले एघार सदस्यीय प्रदेश तदर्थ समिति समेत गठन गरेको छ ।

डा.  डमरुप्रसाद पनेरुको संयोजकत्वमा गठित तदर्थ समितिमा चिरन्जीवी अधिकारी, रमेश बराकोटी, ललित रोकाय, तीर्थ आचार्य, ध्रुब केसी सदस्य रहेका छन् । यस्तै मनिषा सुवेदी, सपना विक, सुमन पौडेल, नवराज पौडेल र एकनारायण पौडेल समेत सो समितिमा रहेका छन् ।

भेलालाई सम्वोधन गर्दै पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले परिवर्तित सन्दर्भमा जनताको पहुँचमा स्वास्थ्यका नीति र कार्यक्रमहरु जनताको घर दैलोमा पुग्नुपर्ने बताए । उनले आम जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन जनस्वास्थ्यकर्मीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि बनेका राष्ट्रिय स्वास्थ्यकर्मी संघका महासचिव डा. झलक गौतम, कास्कीका प्रदेश सभा सदस्य राजीव पहारीले समेत सम्वोधन गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *