बढी शुल्क लिने पाँच अस्पतालबिरुद्ध ठगी मुद्धा चलाउन पत्राचार

काठमाडौँ, १७ पुस । अतिरिक्त रकम लिएर विरामीमाथि ठगी गरेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पाँचवटा निजी अस्पतालविरुद्ध थप अनुसन्धान गरी कारबाही चलाउन प्रहरीलाई पत्राचार गरेको छ ।

विभागले धापासीको ग्राण्डी अस्पताल, थापाथलीस्थित नर्भिक अस्पताल, बाँसबारीस्थित न्युरो अस्पताल, ग्वार्कोस्थित बीएण्डबी अस्पताल र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालबिरुद्ध कारबाही अघि बढाउन निर्देशन दिएको हो । संगै अनुगमन गरेको बल्खुस्थित बयोधा अस्पतालको भने छानवीन जारी रहेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले ती अस्पतालमा गरिएको अनुगमनमा अतिरिक्त शुल्क लिइएको पाइएको र त्यसपछि सोधिएको लिखित तथा मौखिक जवाफ चित्तबुझ्दो नदेखिएपछि थप अनुसन्धान गरी कारबाही गर्न लेखि पठाएको बताए ।

उनले भने, ‘विरामीसंग अबैध रुपमा दोहोरो कर असुलेको, २३ प्रतिशत सम्म कर उठाएको, विरामीमात्रै होइन कुरुवाका लागि छुट्टै चार्ज थपेको पाइयो । यसैले उनीहरुसंग स्पष्टीकरण सोध्यौँ तर चित्तबुझ्दो जवाफ आएन । यसपछि हामीले ठगीको निस्कर्ष निकाल्दै सोही अनुसार अनुसन्धान गरी मुद्धा चलाउन प्रहरीलाई पत्राचार गरेका हौँ ।’ विभागले केही साता अघि ६ ठूला निजी अस्पतालको अनुगमन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *