शिविरमा १९ जना बिरामीको निःशुल्क शल्यक्रिया

20
Shares

रुकुम, १७ पुस । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको आयोजनामा सञ्चालन भएको शिविर एक महिनासम्म सञ्चालन हुने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।

शिविरमा हाडजोर्नी, आगोले पोलेर शरीर अंगभंग भएको, महिलाको पाठेघर तथा पेटसम्बन्धी समस्या भएका बिरामीको शल्यक्रिया भइरहेको उनले बताए ।

आर्थिक अभावले गर्दा जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने बिरामीका लागि शिविरले राहत दिएको बिरामीको भनाइ छ । शिविरमा डा. एन शर्माको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाका जटिल समस्या भएका बिरामीले उपचार गराइरहेका छन् ।रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *