सिरहाको स्वास्थ्य शिविरमा ३५० को निःशुल्क जाँच

44
Shares

लहान, १६ पुस । ग्रामीण स्वास्थ्य केन्द्र बस्तीपुरले सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३५० भन्दाबढी बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा बस्तीपुर, गोविन्दपुर, भदैया, गुदिगाउँ, पिडरवनी, झुटकीलगायतका गाउँका ३५० भन्दाबढी बिरामीले निःशुल्क स्वास्थ्य जाँच गराएको स्वास्थ्य केन्द्रका आयोजक संस्थाका प्रमुख तथा नाक, कान, घाँटी विशेषज्ञ डा सन्दर्भ गिरीले जानकारी दिए ।

शिविरमा साधारण रुघाखोकी, ज्वरो, जिउ दुख्ने, ग्याष्ट्रिक, छाला, डिप्रेसन, मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्याबाट पीडित बिरामीले जाँच गराएको र जचाएका बिरामीलाई औषधिसमेत वितरण गरेको डा गिरीले बताए ।

उक्त शिविरमा काठमाडौँ मेडिकल कलेज (केएमसी)का डा. गिरी, डा निराजन क्षेत्री, डा विवेक सिंह, डा आनन्द आचार्य, नर्स सिर्जना कायस्थ, अहेव छविशंकर साह, विएमएलटी ओमप्रकाश राय लगायत चिकित्सकको टोलीेले बिरामीको स्वास्थ्य जाँच गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *