आँखाको निःशुल्क शल्यक्रिया
गौशाला, १४ पुस । महोत्तरी गौशाला नगरपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
जानकी आँखा अस्पताल जनकपुरधामको सहयोग र प्राथमिक उपचार केन्द्र गौशालाको आयोजनामा विहिवार सञ्चालित सो निःशुल्क शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको डा रमेश सिंहले बताए ।
गौशालास्थित त्रिभुवन उमाविको प्रांगणमा सञ्चालित सो शिविरमा गौशाला, बर्दिवास र भंगहा नगरपालिकाका एक हजार भन्दा बढी व्यक्ति आँखाको उपचारका लागि आएका थिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



