मिर्गौला, क्यान्सर र स्पाइनलका उपचाररत बिरामीले मासिक ५ हजार भत्ता पाउने

108
Shares

काठमाडौँ, १३ पुस । सरकारले मिर्गौला फेल भई डाइलासिस गरेका, क्यान्सरको किमो लिएका र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले यस्ता विरामीलाई जिविकोपार्जन स्वरुप सो परिमाणमा भत्ता दिने निर्णय गरेको हो । ‘यस्ता रोग लागेका विरामीको दैनिक जिवनयापनमा कठिनाई हुने भएकोले जीवन निर्वाहका लागि मासिक ५ हजार भत्ताको व्यवस्था गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने ।

सरकारले मिर्गौलाको फेल भएकाहरुको आजिवन डायलासिस र प्रत्यारोपण निशुल्क हुने व्यवस्था गरिसकेको छ । यस्तै विपन्न नागरिकका लागि क्यान्सर र स्पाइनल इन्जुरीको उपचारका लागि एक लाख रुपैयाँका दरले उपचार खर्च दिने गरेको छ ।

अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ।

स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम सूर्तिजन्य पदार्थमा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। मन्त्रिपरिषद्ले सोही प्रस्ताव पास गरेको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *