पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गरे स्वास्थ्यकर्मीको प्रशंसा
काठमाडौँ, १२ पुस । पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्यकर्मीको दरिलो साथको कारण भर्खरै सम्पन्न निर्वाचनमा आफ्नो जीत सहज भएको बताएका छन् । काठमाडौँ उपत्यकाबाट निर्वाचित नेपाली कांग्रेसका सांसदहरुको सम्मानार्थ नेपाल नर्सिङ युनियनद्धारा आयोजित वधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्री थापाले सो कुरा बताएका हुन् ।
आफूले स्वास्थ्य मन्त्रीको रुपमा छोटो समयमा गरेका उल्लेखनीय काम र त्यसलाई सफल गराउन स्वास्थ्यकर्मीहरुले खेलेको भुमिकाकै कारण आज यो अवस्थामा आएको हुँ भन्दै पूर्व मन्त्री थापाले भने , ‘ यो जीतमा तपाईँहरुलाई पनि बधाई दिन चाहन्छु ।’
नेपाल नर्सिङ युनियनकी अध्यक्ष जानकी केसीको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौँ क्षेत्र नं १० बाट निर्वाचित सांसद राजन केसी, बीर अस्पतालका निर्देशक डा भूपेन्द्रकुमार बस्नेत, नेपाल नर्सिङ परिषदका अध्यक्ष गोमा निरौला, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा लक्ष्मीराज पाठक, स्वास्थ्यकर्मी युनियनका रामजी घिमिरे, ओम उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम पछि विजयी सांसदहरुलाई सम्मान गरिएको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



