कन्काइ अस्पतालमा घुँडाको सफल शल्यक्रिया

64
Shares

झापा, १० पुस । कन्काई अस्पतालले एक महिलाको दुई वटै घुँडाको सफल प्रत्यारोपण भएको जिकिर गरेको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गरी झापा बुद्धशान्ति गाउँपालिका–४ की ६० वर्षीया नरमाया भुजेलको घुँडाको सफल प्रत्यारोपण गरेको जनाएको छ । नरमाया केही महिनादेखि घुँडाको बाथको समस्याबाट पीडित थिइन्। उनलाई रोगले च्यापेपछि परिवारले धरानको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान भर्ना गरे पनि चिकित्सकले उपचार सम्भव नहुने बताएपछि एक महिनाअघि कन्काई अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।

अस्पतालका प्रबन्ध निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा प्रेमबहादुर शाहीको टोलीले एक महिना लगाएर उनको घुँडाको प्रत्यारोपण सफल रुपमा गरेको हो । उहाँको उपचारमा करिब रु १० लाख खर्च भएको आफन्तले बताएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *