विराटनगरमा आजदेखि बाल अस्पताल सञ्चालन

28
Shares

विराटनगर, २९ मंसिर । विराटनगरमा तुलसा मदर एण्ड चाइल्ड अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

विराटनगर–९ स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको विस्तारित शाखाअन्तर्गत उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।

विराटनगर–९ स्थित पुस्तेनी १४ कठ्ठा जग्गामा रु सात करोडको लागतमा उक्त अस्पताल निर्माण गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अस्पतालका प्रवन्ध निर्देशक राजेश भट्टराईले आज यहाँ पत्रकार सम्मेलनमा अस्पताल विधिवत् रुपमा सञ्चालनमा आएको जनाए ।

भूकम्प प्रतिरोधात्मक भवनमा सञ्चालन भएको उक्त अस्पताल ५५ श्ययाको रहेको अस्पतालका प्रबन्ध निर्देशक वीरेन्द्रकुमार विष्टले बताए ।

मातृशिशु स्वास्थ्यमा थप उपचार पु¥याउने उद्देश्यले अस्पतालमा २४ घन्टा आकस्मिक, प्याथोलोजी, भ्यान्टिलेटर, शल्यक्रिया, प्रसूति, टेस्टटुयुब बेबी सेवा तथा खोप तथा मातृशिशुलगायतका सेवा सञ्चालनमा रहेको निर्देशक विष्टले जानकारी गराए ।

सत्र वर्षदेखि विराटनगरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले सेवा पु¥याउँदै आएको छ । पूर्वाञ्चलकै प्रमुख अस्पतालको रुपमा रहेको सो अस्पतालले बालबालिका तथा प्रसूतिका लागि थप सेवा पु¥याउन सेवा विस्तार गरी उक्त बाल अस्पताल सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि विराटनगरमा सञ्चालनमा आएको कार्डियो अस्पतालमा भारतको बिहार र बंगालबाट २० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *