१५ हजार ३४४ मतदान केन्द्रमा पठाइयो औषधिको पोको

40
Shares

काठमाडौँ, २१ मंसिर ।  निर्वाचन आयोगले मतदान सामग्रीमा औषधिको पोको समेत पठाएको छ । मतदान गराउन खटिएका कर्मचारीहरुका आकिस्मिक रुपमा चाहिन सक्ने भन्दै औषधिको पोको पठाएको हो ।

सो पोकोमा १९ प्रकारका औषधि सामग्री राखिएको छ । पखला लाग्दा खाने जीवनजल देखि सामान्य घाउ चोट लाग्दा लगाउने व्याण्डेज सम्म छन् । औषधिसंगै सो पोकोमा कसरी कस्तो समस्या हुँदा के औषधि कसरी प्रयोग गर्ने भन्ने लेखिएको पर्चा समेत छ । त्यसैको आधारमा कर्मचारीहरुले औषधि प्रयोग गर्न सक्नेछन् ।

प्रतिनिधी तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन अन्तरगत आज देशका ४५ वटा जिल्लामा निर्वाचन हुँदैछ । १२८ निर्वाचन क्षेत्रका लागि कुल १५ हजार ३४४ वटा मतदान केन्द्र राखिएको छ ।

ती केन्द्रमा निर्वाचन गराउन १ लाख ५५ हजार बढी कर्मचारीहरु खटिएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *