फोरम फर फार्मेसीले यसरी मनायो विश्व एड्स दिवस

256
Shares

काभ्रे, १५ मंसिर । विश्व एड्स दिवसको अवसरमा आज काठमाडौँ विश्वविद्यालय डिपार्टमेन्टल क्लव फोरम फर फार्मेसीले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

धुलिखेल र त्यसवरपर आयोजित विभिद कार्यक्रममा क्लवले फेस पेन्टिङ, रातो रिबन वितरण, संक्रमित र फार्मेसी दोस्रो बर्षका विद्यार्थीबीच मैत्रीपूर्ण फुटवल लगायतका विभिन्न कार्यक्रम गरेको छ ।

क्लवका सभापति नीरज बर्तौलाले सेतो व्यानरमा हस्ताक्षर गरी दिवसको शुभारम्भ गरेका थिए । सोही अवसरमा क्लवले पनौतीमा रहेको एक विद्यालयमा पुगेर एचआईभी एड्स र यसको रोकथामको बारेमा जानकारी गराउने काम समेत गरेको थियो । क्लवका सभापति बर्तौलाले सो बारेमा प्रस्तुतिकरण गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *