सुत्केरी बोकेको जीप कालिकोटमा दुर्घटना

96
Shares

कालीकोट, १३ मंसिर । खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ ।

छ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नंको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा मुगु भिई–७ की ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका क्रममा चालक थारूको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो । उक्त जीपमा मुगुबाट सुत्केरीसहित नौ यात्रु रहेको बताइएको छ ।

पाँच घाइतेकोे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेजमा लगिएको बताइएको छ । जीप दुर्घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *