एमबीबीएसमा सिट बढाउन केयुले गरेको आग्रह काउन्सिलद्धारा अश्विकार

काठमाडौँ, ८ मंसिर । नेपाल मेडिकल काउन्सिलले दुईवटा मेडिकल कलेजलाई सिट थपिदिन गरेको काठमाडौँ विश्व विद्यालयको आग्रहलाई अस्विकार गरेको छ । बरु काउन्सिलले विश्वविद्यालयलाई चार महिना अघिको स्थलगत निरीक्षण र त्यसपछि गरेको निर्णयबारे सम्झन समेत आग्रह गरेको छ ।

केयुले शैक्षिक बर्ष २०७४ /०७५का लागि एमबीबीएस तर्फ विराट मेडिकल कलेजलाई  ६५ र नोवेल मेडिकल कलेजलाई  ९० सिट दिने निर्णय सच्याएर १०/१० सिट थप गरिदिन काउन्सिललाई पत्र मार्फत आग्रह गरेको थियो ।

जवाफमा काउन्सिलले कुनै पनि कोणबाट सिट बढाउन नसकिने उल्लेख गरेको छ । केयुलाई पठाएको पत्रमा  विश्वविद्यालय र काउन्सिलले संयुक्त रुपमा खटाएको विज्ञहरुको टोलीले गत साउनमा दुबै कलेजको निरीक्षण गरी प्राप्त विवरणको आधारभा संयुक्त रुपमा पटक पटक छलफल गरी सिट संख्याको टुंगो लगाएको उल्लेख छ ।

काउन्सिल रजिष्टार डा. दिलिप शर्माले हस्ताक्षर गरको पत्रमा केयुलाई पठाएको पत्रमा सीट संख्या बृद्धि गर्न पुनराबलोकनको कुनै पनि स्थान नरहेको भन्दै बरु उक्त दुबै कलेजमा शिक्षक फ्याकल्टीहरुको निरीक्षण्को क्रममा मात्रै देखिने नियमित पठनपाठनको बेलामा अनुपस्थिति रहने, उपस्थित रहेको बखतमा ज्यादै द्रुत गतिमा पठनपाठन गरी पाठ्यक्रम सक्ने गरेको भनी गुनासाु आएको भन्दै त्यसप्रति सचेत समेत गराइएको छ ।

केयुको गत २८ कात्तिकमा बसेको विद्यापरिषदको बैठकले बिराटलाई र नोवेल कलेजका लागि १०/ १० सिट थप्नका लागि लेखी पठाउने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *