डेंगु ज्वरोको उपचार शुल्क १६ लाख तिर्न भनेपछि फोर्टिस हस्पिटलको आलोचना

बीबीसी । भारतमा डेंगु ज्वरोका कारण ज्यान गुमाएकी एकजना बालिकाको परिवारलाई उनको उपचार शुल्क बापत झण्डै सोह्र लाख भारतीय रुपैयां तिर्न भनेपछि सामाजिक संजालमा व्यापक मात्रामा आक्रोश व्यक्त भैरहेको छ।

अस्पतालको व्यवहारको आलोचना भैरहंदा देशका स्वास्थ्य मन्त्रीले समेत आवश्यक कार्वाही गर्ने वचन सामाजिक संजाल मार्फत व्यक्त गरेका छन्।

डेंगु ज्वरोका कारण ज्यान गुमाएकी ती सात वर्षिया बालिकाको परिवारले भनेको छ, ‘तिनीहरुलाई दुईहप्ताको अवधिमा ६ सयभन्दा बढी सिरिंज र १६ सय जोडा पन्जा ती बालिकाको उपचारमा प्रयोग भएको भनेर त्यसको शुल्क माग गरिएको छ।’

आक्रोश
सो परिवारका एकजना मित्रले गत हप्ता त्यस्तो रसिदप्रति आक्रोश व्यक्त गर्दै सामाजिक संजालको वेबसाइट ट्वीटरमा सन्देश लेखेपछि त्यो संदेश दश हजारपटक भन्दा बढी पटक रिट्वीट भएको थियो।

अस्पतालको व्यवहारको आलोचना भैरहंदा देशका स्वास्थ्य मन्त्रीले समेत आवश्यक कार्वाही गर्ने वचन सामाजिक संजाल मार्फत व्यक्त गरेका छन् ।

दिल्लीको उपमहानगरीय क्षेत्र गुडगांवमा अवस्थित उक्त अस्पतालले आफूहरुले माग गरेको शुल्क बमोजिमको रकमको बचाउ गरेको छ।
बीस पन्ना लामो भनिएको उक्त रसिदका विवरणहरु ट्वीटरमा प्रचार भैरहेका छन्।

सो अस्पतालले रगतमा चिनीको मात्रा जांच गर्ने पट्टी जस्ता कुरामा समेत अत्यधिक पैसा लिएको आरोपहरु लगाइएको छ।

कार्वाही
फोर्टिस मेमोरिएल अस्पताल विरुद्ध इन्टरनेटको सामाजिक संजालमा आक्रोश व्यक्त हुन थालेपछि ट्वीटरमा नै संदेश लेख्दै स्वास्थ्यमन्त्री जेपी नाड्डाले आफूहरुले आवश्यक कार्वाही गर्ने बताए।

तर फोर्टिस मेमोरिएल अस्पतालले एक वक्तव्य जारी गर्दै आफूहरुले प्रचलित मापदण्डको पालना गरेको र आइसीयुमा भेन्टीलेशनमा राखिने विरामीहरुका लागि विश्वव्यापी प्रचलन अनुसार नै संक्रमण रोक्न धेरै संख्यामा चिकित्सा सामग्रीहरुको प्रयोग हुने दावी गरेको छ।

आद्या सिंह नाम गरेकी ती बालिकाको गत सेप्टेम्बर महिनामा मृत्यु भएको थियो।

उनलाई अगस्ट महिनामा डेंगु ज्वरो आएको र उनको अवस्था खस्कन थालेपछि महिनाको अन्त्यतिर उनलाई फोर्टिस मेमोरिएल अस्पतालमा भर्ना गरिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *