स्वास्थ्य संस्था सञ्चालनका लागि समिति गठन

132
Shares

कञ्चनपुर, ५ मंसिर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन लागि ‘स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनसमिति’ गठन गरिएको छ ।

स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७१ (दोस्रो संशोधन, २०७३) लाई परिमार्जन गरी स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति गठन गरिएको हो ।

स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रका संरक्षकमा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, अध्यक्षमा लालबहादुर ऐर र सदस्यहरूमा व्यवसायीका तर्फबाट हेरन्द्र भण्डारी, शैक्षिक संस्थाका तर्फबाट राजेन्द्र पाण्डेय, नैनसिंह ऐर, वडा सचिव कृष्ण कार्की चयन भएका छन् ।

समितिको संरक्षकका लागि स्थानीय लब्ध प्रतिष्ठित स्वास्थ्य क्षेत्रका जानकार एक महिला र वडा कार्यालयका अधिकृत गरी दुईजना मनोनीत हुने गरिने भएको छ । समिति गठनका क्रममा नगर प्रमुख ऐरले स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा गुणस्तीय बनाई सेवा दिन स्वास्थ्यर्कीलाई निर्देशन दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *