निःशुल्क स्वास्थ्य शिविर

36
Shares

पाल्पा, ४ मंसिर । रामपुर नगरपालिका–२ भलायटारमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमार्फत २०५ बिरामीले सेवा लिएका छन् ।

स्थानीयवासीलाई गाउँबाटै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन भएको उक्त शिविरबाट रामपुर–२ भलायटार र त्यस आसपासका बिरामीले सेवा लिएका थिए ।

रामपुर नगरपालिकाको आयोजना, नेपाल जेसुइट संस्थाको सहआयोजना र रामपुर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको सो शिविरमा रामपुर अस्पतालका डा दिनेश झा, सवीना अधिकारी, चन्द्र विश्वकर्माले सेवा प्रदान गरेका थिए । बिरामीलाई नेपाल जेसुइटले निःशुल्क औषधि वितरण गरेको थियो ।

शिविरको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई स्वस्थ्य राख्न सकेमात्र राष्ट्रको सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने बताए । उनले नागरिकको स्वास्थ्य सुविधामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत यमेन्द्र उपाध्यायले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम स्वास्थ्य शाखासँग सहकार्य गरी प्रभावकारी ढंगबाट अघि बढाउने बताए। कार्यक्रममा नेपाल जेसुइट पाल्पाका प्रमुख सिस्टर मेरीले शिविर सञ्चालनका बारेमा जानकारी गराएकी थिइन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *