प्रकाश दाहालको मृत्यु अस्पताल पुरयाउनु तीन घण्टा अघि नै : चिकित्सक

872
Shares

काठमाडौँ, ३ मंसिर । माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु अस्पताल ल्याउनुभन्दा तीन घण्टा अघि नै भएको  नर्भिक अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।

चिकित्सकहरुले केही बेर अघि पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । उनीहरुले प्रकाशको मृत्युको कारण आकस्मिक हृदयघात  भएको बताए ।

अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले भने, ‘यो आकस्मिक हृदयघात हो । यहाँ ल्याइपुरयाउँदा पल्स थिएन, शरीर चिसो भइसकेको थियो । हामीले सबै परीक्षण गरयौँ र हाम्रो अनुमान तीन घण्टा अघि नै उहाँको मृत्यु भएको हुनुपर्छ ।’

सबेरै उठने छोरा नउठेपछि आमा सिता दाहाल विहानै छोराको कोठामा पुगेकी थिइन । तर त्यहाँ अचेत भेटिएपछि तत्काल सुरक्षाकर्मीहरुलाई बोलाएर नर्भिक लगिएको थियो ।

विहान ५ ५०मा नर्भिकको इमरजेन्सी कक्षमा पुरयाउदा उनी जिवित रहेको कुनै प्रमाण फेला नपरे पछि चिकित्सकले ६ बजे नै मृत्यु भएको जानकारी परिवारलाई गराएका थिए । यद्धपी औपचारिक जानकारी केही बेर अघि मात्रै पत्रकार सम्मेलन मार्फत दिएका छन् ।

यसअघि अस्पतालमा प्रचण्ड र उनका परिवार पुगेका थिए ।  प्रकाशको पार्थिव शरीरलाई अब एक बजे पेरिसडाँडा लगिने र ४ बजे पशुपति आर्यघाटमा लगि दाहसंस्कार गरिने बताइएको छ ।

सबेरै उठने छोरा नउठेपछि आमा सिता दाहाल छोराको कोठामा पुगेकी थिइन । तर त्यहाँ अचेत भेटिएपछि तत्काल सुरक्षाकर्मीहरुलाई बोलाएर नर्भिक लगिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *