चिकित्सकमाथि आक्रमण गर्ने इन्सपेक्टरलाई पदमुक्त गर्न गोदानको माग

2.2k
Shares

काठमाडौँ १ मंसिर । सरकारी चिकित्सक संघ नेपाल( गोदान)ले इनरुवा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात गर्ने इन्सपेक्टर सन्तोषकुमार पोखरेललाई पदमुक्त गरी कडा कारबाही गर्न माग गरेको छ ।

गोदानका कार्यबहाक अध्यक्ष डा सुनिल पौडेलद्धारा आज जारी विज्ञप्तीमा डिउटीका बखत मदिरा सेवन गरेका इन्सपेक्टर पोखरेलले सडक दुर्घटनामा परी मृत ल्याइ पुरयाएको आफन्तलाई जोगाउन नसकेको निहुँमा इनरुवा अस्पतालका चिकित्सक लगायत स्वास्थ्यकर्मीमाथि गुण्डा गर्दी शैलीमा आक्रमण गरेको भन्दै कारबाहीको माग गरेको हो । साथै गोदानले आफूहरुले उठाउँदै आएको गैर जमानती जेल चलान( जेल वीद आउट बेल) छिटो प्रक्रियाबाट पारित गर्न समेत माग गरेको छ ।

गोदानको विज्ञप्ती यस्तो छ

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *