अत्यधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

144
Shares

 म्याग्दी, २८ कात्तिक । अत्यधिक रक्तस्रावका कारण यहाँ एक सुत्केरीको आइतबार मृत्यु भएको छ ।

धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पु¥याइएको थियो ।

ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो। दरवाङ ल्याउँदै गर्दा आइतबार साँझ उनको बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपानेले बताए ।

शिशुको अवस्था भने सामान्य छ । खिवाङ गाउँ म्याग्दीको विकट बस्तीमध्येमा पर्छ । दुर्गम ग्रामीण क्षेत्रका महिला अझै पनि घरमै जोखिमपूर्ण तरिकाले सुत्केरी हुने गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *