साढे सत्र लाखको सामुदायिक स्वास्थ्य भवन निर्माण

म्याग्दी, २४ कात्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको लगानीमा निर्मित भवनको बिहीबार एक कार्यक्रमबीच मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापा, धौलागिरि सहकारीका अध्यक्ष लीलाबहादुर बानियाँ र मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले संयुक्त रुपमा उद्घाटन गरे ।

विसं २०७१ मा गलेश्वर वृद्धाश्रममा बसोबास गर्ने बिरामी, गलेश्वर बजारलगायत आसपासका क्षेत्रका बासिन्दालाई लक्षित गरी स्थापना गरिएको स्वास्थ्य इकाई भवन अभावमा अस्थायी संरचनाबाट सेवा दिँदा असहज भएपछि जापानमा रहेका म्याग्देलीले रु १३ लाख ६५ हजार, धौलागिरि सहकारीले रु दुई लाख र गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट रु दुई लाख गरी रु १७ लाख ६५ हजारको तीनकोठे भवन निर्माण गरिएको हो ।

मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले जापानमा च्यारेटी कार्यक्रममार्फत वृद्धवृद्धालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आर्थिक सहयोग संकलन गरिएको जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *