एक्सरे मेसिन नबन्दा समस्या

28
Shares

मोरङ, २१ कात्तिक । कोशी अञ्चल अस्पताल विराटनगरको एक्सरे मेसिन मर्मत नहुँदा समस्या भएको छ । एक्सरे गराउन अस्पताल आएका बिरामी बाहिर महँगो शुल्क तिरेर एक्सरे गराउन बाध्य भएका छन् ।

गतवर्षसम्म विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा दुईवटा एक्सरे मेसिन थिए । एउटा गत वर्षदेखि नै बिग्रिएर थन्किएको छ । भएको एउटा पनि एक्सरे मेशिन बिग्रिएको २० दिन बितिसकेको छ ।

सम्बन्धित निकायले तदारुकताका साथ पहल नगर्दा सर्वसाधारण जनता महँगो मूल्य तिरेर निजी क्लिनिकमा एक्सरे गर्न बाध्य भएका हुन् । अस्पतालमा दैनिक एक हजारभन्दा बढीले सेवा लिँदै आएका छन् ।

कोशी अञ्चल अस्पतालमा रु ४०० मा एक्सरे हुन्छ भने बाहिर गएर गरेमा ८०० भन्दा बढी तिर्नुपर्छ । गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको अस्पतालमा दुईवटा एक्सरे मेसिन भएपनि एउटा मर्मत गर्न धेरै रकम लाग्ने भएर एक वर्षदेखि बिग्रिएर थन्किएको हो । अर्को एक्सरे मेशिन बिग्रिएको २० दिन भइसकेको छ ।

रेडियोलोजिस्ट विभागका कार्यालय सहायक सुनिल कामतले काम लाग्ने एउटा मात्रै मेशिन भएको र त्यो पनि बिग्रेकाले समस्या भएको बताए। अस्पतालका नायब सुब्बा कौशल पोख्रेलले जर्मनीबाट सामान आउने भएकाले अझै हप्ता १० दिन लाग्ने बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *