हरेक दिन हजारौँ जनतासंग जोडिने डा. दीपकको ‘फेसबुक लाइभ’

– डा. दीपक रौनियार, कन्सल्ट्यान्ट यूरोलोजिस्ट

काठमाडौँ, २० कात्तिक । काठमाडौँ उपत्यकामा धेरै जसो डाक्टरको दैनिकी अस्पताल तथा क्लिनिकहरुमा आएका विरामीहरुलाई उपचार सेवा दिनु रहेको हुन्छ । तर बरिष्ठ युरोलोजिष्ट डा. दीपक रौनियारको दैनिकी भने आम डाक्टरको भन्दा अलि भिन्न देखिएको छ ।

मध्यबानेश्वरस्थित लाइफ इन्टरनेशनल क्लिनिकमा रहने डा. रौनियारले आउने बिरामीलाई सेवा त दिन्छन नै हरेक दिन आधाघण्टा फेसबुक लाइभ मार्फत रोगका बारेमा प्रवचन दिने गर्दछन् ।

हरेक दिन दिउसो २ देखि साढे २ बजेसम्म उनी आफ्नो फेसबुकपेजबाट स्वास्थ्य सम्वन्धी समस्या र समाधानका उपाय लिएर लाइभ आउने गर्दछन् ।

‘महिना दिन भन्दा बढी भईसक्यो म फेसबुकमा नियमित आउन थालेको । त्यसमा विशेषगरी मिर्गौैला, प्रोष्टेट र यौन दुर्वलताका विषय समेटिने गर्दछ,’ डा. रौनियारले सुनाए ।

सामाजिक उत्तरदायित्व अन्तरगर्त विभिन्न क्षेत्रमा गरिने स्वास्थ्य शिविर बाहेक जनचेतना अभिबृद्धिमा सामाजिक सञ्जाल फेसबुकको भरपुर उपयोग गर्न खोजेको उनले सुनाए ।

‘कतिपय व्यक्तिले यौन दुर्बलता तथा प्रोष्टेट सम्वन्धी समस्याका बारेमा कि सहजै थाह पाउँदैनन या पाएकाहरुले खुलेर समस्या व्यक्त गर्न सक्दैनन र कतिपयले काठमाडौँसम्मको पहुँच पनि राख्दैनन । त्यसैलाई ध्यान दिदै फेसबुक लाइभ आउन थालेको हुँ,’ उनले भने ।

फेसबुक लाइभमा आउँदा स्वदेशका दुरदराजका व्यक्ति मात्रै होइन, संसारभरका नेपालीले स्वास्थ्य सम्वन्धी समस्या र समाधानका उपायबारे जानकारी लिन पाउने बताए ।

‘मैले सुरु गरेको फेसबुक लाइभमा सहभागिता जनाउनेको संख्या विस्तारै बढेको छ । अहिले हरेक दिन २ हजार २५ सय दर्शक स्रोताले मेरो लाइभ हेर्नुहुन्छ । उहाँहरुमध्ये अधिकांशले जिज्ञासा राखेका हुन्छन् । यसमा स्वदेश भन्दा बढी विदेशमा रहने दाजुभाईहरु हामीसंग जोडिनुभएको छ । मलाई लाग्छ यो मेरो प्रयासले नेपाली दाजुभाईलाई केही न केही रुपमा सहयोग पुगेकै छ । स्वास्थ्य सम्वन्धी सचेतना दिएकै लाग्छ ।’

उनले आफ्नो कार्यक्रममा दर्शक स्रोताले पठाएको प्रश्न जिज्ञासाका अलावा आफूकहाँ आएका केशहरुबाट प्रश्न र समाधानको उपाय बताउने गर्दछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *