डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया

116
Shares

पोखरा, १९ कात्तिक । डायफाग्म्याटिक हर्नियाको अन्नपूर्ण बाल तथा महिला अस्पताल पोखराले सफल सल्यक्रिया गरेको छ ।

अस्पतालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक डा सुशील ढुंगेलले पर्वतको धायरिङ गाउँपालिका–७ का प्रेम परियार र आयुषा परियारका नवजात शिशुको फोक्सो र कलेजोको बीचमा हुने गम्भीर डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया गरेको जानकारी दिए ।

लगभग पाँच हजारमा एकजनामा यस्तो समस्या हुने गरेको बताउँदै उनले काठमाडौँमा यसको शल्यक्रिया हुने गरे पनि काठमाडौँ बाहिर पहिलोपटक पोखरामा यो शल्यक्रिया गरिएको बताए ।

डा सुशील ढुंगेल, डा विधान घिमिरेलगायत चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *