डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया

पोखरा, १९ कात्तिक । डायफाग्म्याटिक हर्नियाको अन्नपूर्ण बाल तथा महिला अस्पताल पोखराले सफल सल्यक्रिया गरेको छ ।

अस्पतालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक डा सुशील ढुंगेलले पर्वतको धायरिङ गाउँपालिका–७ का प्रेम परियार र आयुषा परियारका नवजात शिशुको फोक्सो र कलेजोको बीचमा हुने गम्भीर डायफाग्म्याटिक हर्नियाको सफल शल्यक्रिया गरेको जानकारी दिए ।

लगभग पाँच हजारमा एकजनामा यस्तो समस्या हुने गरेको बताउँदै उनले काठमाडौँमा यसको शल्यक्रिया हुने गरे पनि काठमाडौँ बाहिर पहिलोपटक पोखरामा यो शल्यक्रिया गरिएको बताए ।

डा सुशील ढुंगेल, डा विधान घिमिरेलगायत चिकित्सकको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *