सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेज तनाबग्रस्त

पोखरा, १८ कात्तिक । चिकित्सकको लापरबाहीबाट सुत्केरीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलनमा उत्रिएपछि आज दिनभर पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल तनावग्रस्त रहयो ।

आक्रोशित आफन्तहरुले चिकित्सक तथा अस्पताल माथि कारबाही गर्नुपर्ने  भन्दै आज दिन भर नाराबाजी गरिरहे । उनीहरुले बेलुकापख अस्पतालको मुख्यद्धारमा  तालाबन्दी गरिदिएका छन् ।

स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेज अगाडि नाराबाजी गरेका हुन् ।

गत ११ कात्तिकमा गर्भ परीक्षणका लागि पुगेकी अर्याललाई चिकित्सकले तत्काल शल्यक्रिया गरी सुत्केरी हुनुपर्ने भन्दै भर्ना गरेका थिए । उनीहरुले सोही दिन अर्यालको शल्यक्रिया गरी स्वस्थ शिशु जन्माएका थिए । यद्धपी सुत्केरी रहेकी अर्यालको होस आएन । आइसियुमा राखेर उपचार गरेको बताएको प्रशासनले शुक्रबार अपरान्ह मृत्यु भएको घोषणा गरेपछि आफन्तहरु आक्रोशित बनेका हुन् ।

उनीहरुले आज विहानै देखि कलेजको अगाडि टायर बाल्नाका साथै गेटमा तालाबन्दीसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आइतबार कलेज प्रशासन र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालयमा छलफल गरी समस्या समाधान गरिने प्रहरीले जनाएको छ ।

भएको के थियो ?

गत ११ कात्तिकमा सामान्य चेकअपका लागि अस्पताल पुगेकी अर्याललाई चिकित्सकले तत्काल अप्रेशन गरी सुत्केरी हुनुपर्ने बताएका थिए । त्यसपछि तत्कालै भर्ना गरी उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पश्चात स्वस्थ शिशु ( छोरा) जन्माए पनि शल्यक्रिया गरिएकी सुत्केरीको होस फर्किन सकेन । चिकित्सकले तत्काल आइसियुमा राखेर उपचार भइरहेको जानकारी दिएका थिए । तर शुक्रबार अपरान्ह अस्पतालका तर्फबाट एक्कासी मृत्यु भएको जानकारी परिवारलाई गराइएको थियो ।

परिबार तथा आफन्तले अस्पताल र आफन्तले उपचार प्रक्रियाको बारेमा जानकारी नगराएको तथा सामान्य अवस्थामा अस्पताल पुरयाइएकी महिलाको उपचारमा गडबढी गरेरै मृत्यु भएको आरोप लगाएका छन् ।

उनीहरुले सुत्केरीको अवस्थाको बारेमा शुरुमा केही नबताएपछि दवाव दिएपछि मात्रै आइसियूमा राखेर उपचार गरिएको बताएको भन्दै त्रुटी भएको दावी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *