चितवनमा रगतको अभाव

24
Shares

चितवन, १२ कात्तिक । चाडपर्वसँगै रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दशैं, तिहार र छठ पर्वका कारण रक्तदान कार्यक्रमको आयोजना नभएपछि रगतको अभाव भएको हो ।

पौडेलले आउँदो सातासम्ममा रगत सहज बन्ने बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा र स्वयम्सेवी संस्थाले रक्तदान कार्यक्रम गर्न थालेकाले क्रमशः सहज बन्दै जाने उनले बताए । गत आर्थिक वर्षमा ३५ हजार युनिट रगत जिल्लामा खपत भएको थियो । पौडेलका अनुसार दैनिक एक सयदेखि १५० युनिट रगत जिल्लामा माग हुने गर्दछ ।

हाल रगत आवश्यक परेका बिरामीका आफन्तहरु मिल्दो समूहको व्यक्ति खोजेर केन्द्रमानै गएर रगत दिने गरेका छन् । यसका लागि जिल्लामा गठित युथ फर ब्लड नामक युवाको संस्थाले सहयोग गर्दै आएको छ ।

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढि विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा पनि रगत जाने गर्दछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *