डेंगु परीक्षणमा मनोमानी चलेपछि मेलानले तोक्यो शुल्क

बुटवल १२ कात्तिक । डेंगुको संक्रमण बढेसंगै  रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले परीक्षण शुल्कमा मनोमानी गर्न थालेका छन् । तर मेडिकल ल्याब्रोटरी एशोसियशनले नेपाल( मेलान)ले भने यसरी मनोमानी नगर्न सम्वन्धी ल्याब्रोटरी सञ्चालकलाई आग्रह गरेको छ । उसले शनिबार विज्ञप्ती जारी गर्दै डेंगु परीक्षण शुल्क एक हजार तोकिएको जानकारी दिएको छ ।

पछिल्लो समय रुपन्देहीसहित यस क्षेत्रमा डेंगु रोगीहरु दैनिक रुपमा भेटन थालेपछि परीक्षण गर्ने सेवा ग्राही बढ्दै गएका छन् । बिरामी बढेसंगै कतिपय ल्याबहरुले शुल्कमा मनोमानी गर्न थालेको छ ।

मेलान रुपन्देहीका अध्यक्ष गुणानिधि खनालले प्रेस विज्ञप्ति जारी गरी डेंगु परीक्षण गरेको शुल्क रु एक हजार मात्र लिन पाउने गरी निर्णय भएको जानकारी गराए ।

उनले मेलानका पदाधिकारीसहितको बैंठकबाट रु एक हजारभन्दा बढि रकम डेंगु परीक्षणमा लिन नपाउने गरी निर्णय भएको बताए ।

साथै डेंगु परीक्षण गर्ने किटको अभाव भएको भन्ने हल्ला निराधार भएको र किट पर्याप्त मात्रामा रहेको जानकारी दिए । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मे सु डा. कृष्ण खनालले हालसम्म १७० जना डेंगुका रोगी भेटिएको बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *