क्यान्सर पीडित लक्ष्मीलाई सहयोग

32
Shares

बनियानी, झापा, ८ कात्तिक । झापाको हल्दिबारी गाउँपालिका–४ की रक्त क्यान्सर पीडित लक्ष्मी मिश्र घिमिरेलाई सहयोग प्रदान गरिएको छ ।

घिमिरेबन्धु कल्याण परिषद् झापाका सचिव काशीनाथ घिमिरेको अगुवाइमा संकलित रु ४४ हजार ९५० लक्ष्मीको परिवारलाई प्रदान गरिएको हो । संकलित रकम मंगलबार एक कार्यक्रमका बीच हल्दिबारी गाउँपालिका प्रमुख रवीन्द्रप्रसाद लिङ्देनले बिरामीका पति मुक्ति घिमिरेलाई हस्तान्तरण गरे।

अर्थ अभाव भएपछि लक्ष्मीको उपचारमा समस्या भएपछि सहयोग संकलन शुरु गरिएको सचिव घिमिरेले बताए । उपचारमा आर्थिक अभाव भएकाले सहयोग गर्न उनका श्रीमान् मुक्तिले सबैसँग अपिल गरेका छन् ।

दाताले सहयोग गर्नका लागि घिमिरे बन्धु कल्याण परिषद् झापाको राष्ट्रिय वाणिज्य बैंकको बिर्तामोडमा रहेको उपचार सहयोग खाताको चल्ती खाता नम्बर १०१५ मा सहयोग गर्न सकिनेछ भने मुक्ति घिमिरेको फोन नम्बर ९८०८९८१९०० र सचिव घिमिरेको फोन नम्बर ९८५२६५५०५३ मा फोन गर्न सकिने छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *