स्वास्थ्य बीमाबाट सबैभन्दा बढी उच्च रक्तचापका बिरामीले सेवा लिए

40
Shares

काठमाडौँ, ७ कात्तिक । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी उच्च रक्तचापका बिरामीले सेवा लिएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले हालसम्म सात हजार ७५१ जनाले उच्च रक्तचापको उपचार सेवा लिएको बताउँदै त्यसबाहेक पेट, ग्यास्ट्राटिस, दाँत, नियमित चेकअप, मधुमेह र श्वासप्रश्वासको समस्या भएका बिरामीले उपचार सेवा लिएको जानकारी दिए ।

सरकारले हालसम्म २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । चालु आवको अन्त्यसम्ममा थप १५ जिल्लामा यो कार्यक्रम बिस्तार गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएका जिल्लाहरुमा भोजपुर, खोटाङ, सिरहा, रामेछाप, रौतहट, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रुकुम, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा र बझाङ रहेका छन् ।

सरकारले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन २०७२ चैत २५ गते कैलाली, बाग्लुङ र कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

यो कार्यक्रमअन्तर्गत हालसम्म दुई लाख ४५ हजार ६६ बीमितमार्फत रु १४ करोड २४ लाख २५ हजार ९८७ रकम संकलन भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक पौडेलले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *