बर्दिबासमा डेंगु रोगी बढे

24
Shares

गौशाला, २ कात्तिक । महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ ।

जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन् ।

जिल्ला अस्पतालका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार असोजको पहिलो साता बर्दिबास अस्पतालमा १२ जनामा परीक्षण गरिएकामा पाँचमा यो रोग फेला परेको थियो ।

यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि कीटको समेत अभाव भएको बताइएको छ ।

यता जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास इलाका प्रशासन, बर्दिबास नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसको रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम गर्नाका साथै सो रोगको किटाणु र लार्भा मार्न औषधिसमेत छर्किने कार्य निरन्तर भइरहेको निरीक्षक ठाकुरले बताए ।

बर्दिबासमा देखा परेको डेंगुको संक्रमण विस्तारै बर्दिबाससँग जोडिएको धनुषा, सर्लाही र सिन्धुली जिल्लाका विभिन्न गाउँ शहरमा पनि सर्नसक्ने चिन्ता बढ्दै गएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *