उदयपुरका २ प्रतिशत जनतामा हात्तीपाइलेको संक्रमण

44
Shares

उदयपुर, २ कात्तिक । जिल्लामा विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि अझै
दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका जिवाणु भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार विगत पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने क्रम गरिँदै आएको भए पनि अझै पनि दुई प्रतिशत जनतामा यो रोग रहेको हो ।

जिल्लाका केही स्थानमा हात्तीपाइले रोगका अझै बिरामी भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरले आगामी मंसिरको पहिलो हप्तादेखि जिल्लाका मुख्य नगरपालिका कटारी, बेल्टार तथा त्रियुगा क्षेत्रमा पुनः हात्तीपाइले रोग सम्बन्धि नमूना परीक्षणसमेत गरिन लागेको कुरा जिल्ला जनस्वास्थ्य अधिकृत सागर प्रसाईं बताउँछन् ।

सम्बन्धित क्षेत्रमा नमूना परीक्षण गरेर कुन क्षेत्रमा कति प्रभावित रहेका छन् सोहीअनुसार नमुना परीक्षणअनुसारनै पुनः एक वर्ष थप हात्तीपाइले रोगको औषधि वितरण कार्यक्रमलाई अझ बढाइन लागेको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत दुनियाँलाल यादवले बताए ।

हात्तीपाइले रोगको औषधि वितरण र खुवाउने कार्यक्रम उदयपुरमा अन्त्य भए पनि अझै हात्तीपाइले रोगका बिरामी भेटिएका कारण यसपटक नमूना परीक्षण गरेर सम्बन्धित क्षेत्रमा पुनः औषधि वितरण गरेर खुवाइ निर्मूल गर्ने नीतिका साथ नमूना परीक्षण अभियानसमेत शुरु गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।

झण्डै दुई लाख ९८ हजार जनतामा हात्तीपाइले रोगविरुद्ध वर्षेनी औषधि खुवाउने कार्य हुँदै आएको पनि जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *