डा. गोविन्द केसीले अनसन तोड्दै

काठमाडौँ, १ कात्तिक । डा गोविन्द केसीले आफ्नो तेह्रौँ अनसन आज तोड्ने भएका छन् । अहिले बेलुका साढे छ बजे पत्रकार सम्मेलन गरि उनले १४ दिन देखिको अनसन तोड्ने भएका हुन् ।

स्रोतका अनुसार डा केसीले उठाउँदै आएका मध्ये मुख्य माग चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट अघि बढाउने प्रतिवद्धता गरेको छ ।

आउँदो ६ कात्तिकको मन्त्रिपरिषद बैठकले सो निर्णय गर्ने गरी आज सरकारी पक्षले प्रतिवद्धता जनाउने र सोही अनुसार अनसन तोडिने बताइएको छ । ६ गतेको मन्त्रिपरिषद बैठकले निर्णय नगरे डा केसीले पुन अनसन बस्ने बताएका छन् । अरु मागका विषयमा पनि सहमति भएको बताइएको छ ।

यसअघि आजै स्वास्थ्य मन्त्री दीपक बोहरा गएर डा केसीलाई भेटी मागका विषयमा आउँदो मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने बताएका थिए । त्यसअघि डा केसी र सरकारी बार्ताटोलीबीच आज बालुवाटारमा बार्ता भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *