‘सरकारी आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ गठन

काठमाडौँ, ३१ असोज । सरकारी आयुर्वेद चिकित्सकको हकहित र अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘सरकारी आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ नामक संस्था गठन भएको छ ।

डा शंकर गौतमको अध्यक्षतामा गठन भएको उक्त संस्थाको उपाध्यक्षमा डा अमूल्य दाहाल, महासचिवमा डा विजय भूर्तेल, सचिवमा डा प्रवेश श्रीवास्तव र कोषाध्यक्षमा डा सरिता बजगाईं बगाले रहेका छन् ।

यसैगरी ११ सदस्य कार्यसमितिका सदस्यमा डा रुपेन्द्र पुरी, डा समीरकुमार अधिकारी, डा वंशवदा कौडिन्यानी, डा सुरेन्द्र राय, डा अर्जुनराज शर्मा र डा रमेश केसी रहनुभएको अध्यक्ष गौतमले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *