‘सरकारी आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ गठन
काठमाडौँ, ३१ असोज । सरकारी आयुर्वेद चिकित्सकको हकहित र अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यले ‘सरकारी आयुर्वेद चिकित्सक सङ्घ नेपाल’ नामक संस्था गठन भएको छ ।
डा शंकर गौतमको अध्यक्षतामा गठन भएको उक्त संस्थाको उपाध्यक्षमा डा अमूल्य दाहाल, महासचिवमा डा विजय भूर्तेल, सचिवमा डा प्रवेश श्रीवास्तव र कोषाध्यक्षमा डा सरिता बजगाईं बगाले रहेका छन् ।
यसैगरी ११ सदस्य कार्यसमितिका सदस्यमा डा रुपेन्द्र पुरी, डा समीरकुमार अधिकारी, डा वंशवदा कौडिन्यानी, डा सुरेन्द्र राय, डा अर्जुनराज शर्मा र डा रमेश केसी रहनुभएको अध्यक्ष गौतमले जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



