सरकार र डा. केसी पक्षबीचको आजको बार्ता निस्कर्षविहीन

140
Shares

काठमाडौँ, ३० असोज । सरकार र डा. गोविन्द केसी पक्षबीच आज दिनभर बसेको बार्ता पनि विना निस्कर्ष टुंगिएको छ ।

यद्धपी बार्ता सकारात्मक रुपमा अघि बढेको डा केसी पक्षका बार्ताटोली सदस्य डा. अभिषेक राज सिंहले बताए ।

उनले प्राविधिक कठिनाईका कारण आज निस्कर्षमा पुग्न नसकेकोले भोली दिउसो १ बजे पुन बस्ने गरी टुंगिएको जानकारी दिए ।

यसअघि हिजोराती अवेरसम्म बसेको बार्ता सकारात्मक रुपमा अघि बढेपछि आज निस्कर्षमा पुग्ने अडकल गरिएको थियो ।
सात बुँदे माग अघि सारेका डा. केसीको अनसन आज १२ औँ दिन हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *