सरकार र डा. गोविन्द केसी पक्षबीचको बार्ता सहमति नजिक

220
Shares

काठमाडौँ, ३० असोज । सरकार र डा. गोविन्द केसी पक्षबीचको बार्ता सहमति नजिक पुगेको छ । दुबै पक्षले आजको बार्तालाई निर्णायक बनाउने तयारीमा जुटेका छन् ।

डा. केसीका तर्फबाट बार्तामा सहभागी डा अभिषेकराज सिंहले हिजो सिंह प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफल निकै सकारात्मक र सहमति उन्मुख भएको भन्दै त्यसलाई निरन्तरता दिई आज अन्तिम टुंगो लगाउने योजना रहेको बताए ।  उनले डा. केसीका केही मुद्धामा कानूनी परामर्श लिनुपर्ने भएकोले आजका लागि बार्ता लम्बिएको बताए ।

उनले भने, हिजो राती अबेरसम्म भएको बार्तामा सरले अघि सारेका सातबटै मागका विषयमा छलफल भयो । उहाँहरुले  वार्तामा चिकित्सा शिक्षा विधेयक र आयल निगमका प्रमुख गोपाल खड्काको मागको विषयमा अझ केही आन्तरिक छलफलका साथै कानुनी सल्लाह लिनुपर्ने भएपछि वार्ता आज बस्ने गरि टुङ्गिएको हो । सबै कुरा मिल्यो भने आजै सहमति पनि गर्न सकिन्छ ।’

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनसन बसेका डा.  केसीसंग सरकारले पटक पटक सम्झौता गरेपनि कार्यान्वनयमा फितलोपना देखाउदै आएको छ । डा. केसीले सोही कारण जनाउँदै पटक पटक अनसन बस्ने गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *