चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो

काठमाडौँ, २६ असोज । व्यवस्थापिका संसदमा आज छलफल हुने भनेको चिकित्सा शिक्षा विधेयक अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको छ । विधेयक आज पारित नहुने भएपछि कार्यसूचीबाट हटाइएको हो ।

यो विधेयक कार्यसूचीबाट हटेपछि अहिले राजर्षी जनक विश्वविद्यालय सम्वन्धी विधेयकमा छलफल गरेको छ । चिकित्सा शिक्षा विधेयकका बारेमा बिहीबार सभामुख ओनसरी घर्तीले विधेयक पारितमा सहमति खोज्न उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मासँग छलफल गरेकी थिइन्।

सो क्रममा सहमति नजुटेपछि आजका लागि तय गरेको कार्यसूचीबाट हटेको हो । यता यथास्थितमा विधेयक पास गर्न नहुने भन्दै त्रिवि शिक्षण अस्पतालमा डा गोविन्द केसी आमरण अनसन जारी राखेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *