अस्पतालमा जन्मेको पहिलो शिशुलाई आजीवन निःशुल्क उपचार सेवा

556
Shares

पोखरा, २५ असोज । पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा सञ्चालित अन्नपूर्ण बाल तथा महिला अस्पतालले शल्यक्रियाबाट जन्मेको पहिलो नवजात शिशुलाई आजीवन निःशुल्क उपचार सेवा दिने भएको छ ।

तनहुँको व्यास नगरपालिका–१४ छाब्दीवाराहीकी एलिना गुरुङले यही असोज १९ गते सुत्केरी व्यथा लागेपछि शुरुमा दमौली अस्पताल, त्यहाँ पनि उपचार नभएपछि पोखराका अन्य अस्पतालमा लगिएकामा त्यहाँ भर्ना लिन नमानेपछि घर फर्काइन लाग्दा सो अस्पताल सेवा दिएको थियो ।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा कमर जहा, डा चुममाया पुन, डा विवेक रञ्जितकार र डा विधान घिमिरे सम्मिलित टोलीले असोज २० गते बिहान जटिल शल्यक्रिया गरी शिशुलाई पेटबाट निकालेको थियो ।

अस्पतालका प्रबन्ध निर्देशक डा सुशील ढुंगेलले नवजात शिशुलाई अस्पतालले दिने सुविधा र शिशुको नाम पनि अस्पतालकै नामबाट अन्नपूर्ण गुरुङ्ग राख्ने घोषणा गरे ।

शिशुकी आमा एलिनाले पोखराको धेरै अस्पतालल आफूलाई भर्ना लिन नमानेका तर यस अस्पतालले शल्यक्रियाबाट बच्चाको ज्यान बचाइदिएको भन्दै खुशी व्यक्त गरिन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *